तारा एयरको विमान १९ यात्रुसहित दुर्घटना ग्रस्त अवस्थामा
सम्पर्क विहिन तारा एयरको जहाज मुस्ताङको लेतेमा दुघटनाग्रस्त अवस्थामा फेला परेको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । आइतबार विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा १९ जना यात्रु सवार थिए ।
जहाज सम्पर्कविहिन भएलगत्तै नागरिक उड्डयन प्राधिकरण र कम्पनीका प्राविधिक टोलीले जहाज खोजिरहेका थिए । खोजी गर्दै जाँदा मुस्ताङमा फेला परेको हो ।