तारा एयरको विमान १९ यात्रुसहित दुर्घटना ग्रस्त भएको आशंका


  • change font
  • change font
  • change font

तारा एयरको विमान १९ यात्रुसहित दुर्घटना ग्रस्त भएको आशंका

तारा एयरको विमान मुस्ताङको लेते भन्ने डाँडामा दुर्घटना ग्रस्त भएको आशंका गरिएको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको विमान उडेको केहीबेरमै सम्पर्क विहिन बनेको थियो ।

उक्त विमान लेते भन्ने डाडाँमा दुर्घटना भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको अनुसार घटना भएको भनिएको ठाउँतिर प्रहरीको टोलि पठाइएको छ ।

विमानमा क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य इस्सव पोखरेल थिए । विमानमा अन्य यात्रु १६ नेपाली र ६ विदेशी सवार भएको खुलेको छ ।