२४ असोज, काठमाडौं। भारतको उत्तर प्रदेशस्थित गडिया बलिदसपुर गाउँमा बस्ने १५ वर्षीय एक किशोरीले ढुंगाका आँशु झार्दै आएका छन् ।विगत साढे २ महिनादेखि उनको आँखाबाट स-साना ढुंगाका टुक्रा झर्ने गरेका छन् ।
चाँदनी नामकी ती किशोरीको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँखाबाट ढुंगा झर्न थालेको हो । त्यसयता आँखाबाट दैनिक १५।१६ वटा टुक्रा झर्ने गरेका छन् ।
बिहानै ६ बजेदेखि बेलुकी अबेरसम्म चाँदनीले आफ्नो आँखाबाट निस्किने ढुंगाका टुक्रा टिप्दैमा ठिक्क हुन्छ । रातको समयमा भने उनको आँखाबाट ढुंगा झर्दैन ।
केही समय पहिले सार्वजनिक भएको एक भाइरल भिडियोमा उनको एउटा आँखा केहीबेर मिच्दा ढुंगा निस्किएको देखिन्छ । बायाँबाट ढुंगा निस्किएपछि दायाँबाट निस्किन सुरु गर्दछ ।
परिवार र गाउँलेहरु चाँदनीले ढुंगाका आँशु झार्ने गरेको बताउने गरेपनि आँखारोग विशेषज्ञहरु भने यस्तो असम्भव रहेको बताउँछन् ।
चाँदनीका परिवारले आर्थिक अभावका कारण छोरीको आँखाको चेकजाँच गराउन पनि सकेका छैनन् । जसका कारण उनको आँखाबाट निस्किने भनिएको ढुंगाको आँशुको वास्तविकता खुल्न सकेको छैन ।