७ घण्टापछि सुरु भयो पोखराको मतगणना


  • change font
  • change font
  • change font

पोखरा महानगरपालिकाको मतगणना पुन: सुरु भएको छ । वडा नम्बर १८ को पुनः मत गणनाको माग गर्दै नेकपा एमालेले प्रतिनिधि फिर्ता बोलाएपछि मत गणना रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेको निवेदन कारबाहीको क्रममा रहेको र यो विषय गम्भीर भएकाले थप कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । लगतै गणना सुरु भएको छ ।

२२, ३२ र ३३ नम्बरको वडाको गणना बाँकी छ । ३० वटा वडाको गणना सकिसकेको छ ।

मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले ५७ हजार ७२ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ५१ हजार ५८७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।