मुख्य समाचार ग्रान्डी अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला


  • change font
  • change font
  • change font

न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले सोमबार यस्तो फैसला गरेको हो। आफ्नो बच्चाको उपचारका क्रममा लापरबाही गरेको भन्दै सन्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालविरूद्ध मुद्दा हालेका थिए। 

अदालतको फैसलापछि सन्जीवले सामाजिक सञ्जाल ट्वीटरमा अदालतको फैसालका विषयमा जानकारी दिएका छन्।

२०७५ असार १२ गते ग्रान्डी अस्पतालमा शल्यक्रियाबाट रिहानको जन्म भएको थियो। बच्चा जन्मेको आधा घन्टामै नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियू) मा राखिएको थियो। त्यसपछि बच्चालाई भेन्टिलेटरमा राखिएको थियो। सो क्रममा बच्चालाई अस्पतालमा हुने ‘क्लेबसियला’ ब्याक्टेरियाको सङ्क्रमण भएको थियो। 

बच्चाको अवस्था बिग्रँदै गएपछि अस्पतालले पाँच पटकसम्म टाउकाको शल्यक्रिया गरेको थियो। उपचारका क्रममा अस्पतालले उपचारमा लापरबाही गरेको थाहापाएपछि सञ्जीव र घिमिरेले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए।

उनीहरुले २०७६ जेठ ८ गते उजुरी दिएका थिए। उक्त उजुरीपछि काउन्सिलले प्राध्यापक डाक्टर गणेश राईको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो। टोलीले छानबिनका क्रममा उपचारका क्रममा त्रुटि भएको फेला पारेको थियो। टोलीले दिएको प्रतिवेदनपछि काउन्सिलले उपचारमा संलग्न चिकित्सक र अस्पतालसँग उक्त त्रुटिबारे स्पष्टिकरण माग गरेको थियो।

उपचारका क्रममा बालकमा अस्पतालजन्य संक्रमण फैलिएको र बढी डोजको औषधि दिइएको काउन्सिलको छानबिनका क्रममा देखिएको थियो। अस्पतालजन्य संक्रमणका कारण बालकको मस्तिष्कको एउटा भाग अविकसित हुन पुगेको थियो। जसका कारण अस्पतालले बालकको पाँच पटकसम्म शल्यक्रिया गरेको र बढी डोजको पारासिटामोल समेत दिएको छानबिनका क्रममा भेटिएको थियो। 

यसका साथै समयमै सिटी स्क्यान वा एमआरआई नगरेको, शिशुको मस्तिष्कको भेन्ट्रिकल (पानी रहने ठाउँ) र सिस्टको आकारबारे उपचारमा संलग्न न्यूरो सर्जन र रेडियोलोजिष्टबीच बुझाइको अभाव देखिएको, चिकित्सकको राय विपरीत नवजात शिशुलाई आईसीयूमा राख्न अस्पताल प्रशासनले नै लिखित निर्देशन दिएको लगायतका त्रुटि गरिएको काउन्सिलको छानबिनका क्रममा भेटिएको थियो।

काउन्सिलले छानबिनका क्रममा उपचारमा त्रुटि भएको फेला पारे पनि सजाय भने निकै कमजोर गर्ने निर्णय गरेको थियो। काउन्सिलले स्पष्टीकरण मात्र सोधेर उन्मुक्ति दिने निर्णय गरेपछि न्यौपानेले त्यसको विरोधमा अदालतमा जाने निर्णय गरेका हुन्।

काउन्सिलको निर्णयमा चित्त नबुझेपछि उनीहरुले पाटनमा पुनरावेदन दिएका हुन्। पुनरावेदनमा उनीहरुले उपचारका क्रममा भएको लापरबाहीका कारण आफ्नो बच्चाको स्वास्थ्य कहिले पनि निको नहुने गरी बिग्रिएकाले उपचारमा संलग्नलाई सपष्टीकरण मात्र सोध्नु न्यायसंगत नहुने भन्दै उपचारमा संलग्नहरुको लाइसेन्स खराजे गर्नुपर्ने माग राखेका थिए। त्यस्तै आफूलाई अस्पतालले २ करोड सम्मको क्षतिपूर्ति दिनुपर्ने पनि माग राखेका थिए।
सोही आधारमा अदालतले काउन्सिलको निर्णयलाई सदर गर्दै क्षतिपूर्ति भराउने फैसला गरेको हो। 

रिहानको स्वास्थ्य अहिले पनि सुधारोन्मुख छैन। उनी यही असारमा ४ वर्ष पुग्नेछन्। 

यस्तो थियो मेडिकल काउन्सिलको निर्णय