कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवका अनुसार सरकारले संघीय संसदको चालु अधिवेशनबाटै पारित गर्ने गरी पशु कल्याण सम्बन्धी छुट्टै ऐन बनाउन लागेको हो ।
काठमाडौंमा आयोजित ‘नेपालमा पशु कल्याणको वर्तमान अवस्था र आगामी कार्यदिशा’ नामक गोष्ठीमा मन्त्री यादवले यस्तो बताएका हुन् ।
‘वर्तमान संसदबाट नै पारित हुने गरी पशु कल्याण ऐन बनाउन लागिएको छ । मस्यौदा तयार भएर संसदमा पेश गर्नुअघिको छलफलको चरणमा छ’ मन्त्री यादवले भने ।